२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


थ्रीस्टारलाई हराउँदै संकटा सेमिफाइनलमा


0
Shares

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।

संकटाको जितमा खेलको ८३औं मिनेटमा कर्ण लिम्बूले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ पनि संकटाका लिम्बू नै घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबारदेखि सेमिफाइनलका खेलहरु हुनेछन् । बुधबार त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङदी क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।