‘खेलकुद क्षेत्रको विकास आवश्यक’ • Image Khabar Image Khabar


‘खेलकुद क्षेत्रको विकास आवश्यक’


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १८:२९

‘खेलकुद क्षेत्रको विकास आवश्यक’

मंगलबारदेखि क्याम्पाचौरमा सुरु भएको १३औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले क्याम्पाचौरमा स्टेडियमको आवश्यकता रहेको भन्दै यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले चितवनको खेल क्षेत्रको विकासका लागि नै पश्चिम चितवनमा रंगशाला निर्माणका लागि आफ्नो पहलमा ६० करोड रुपैयाँ विनियोजन गरिएको स्मरण गराए ।

चितवनमा औद्योगिक क्षेत्र, प्रदर्शनी केन्द्रदेखि अब खेलकुद क्षेत्रलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए ।

अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रले देशलाई चिनाउन मद्दत पुगेको भन्दै खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताए ।

कार्यक्रममा विकास शिल्डका अध्यक्ष श्याम पियाले विभिन्न कारणले स्थगित हुँदै आएको प्रतियोगितालाई फेरि निरन्तरता दिन सहयोगको खाँचो रहेको बताए ।

उनले अध्यक्ष दाहाललाई क्याम्पाचौरमा मिनि स्टेडियम निर्माणका लागि सहयोग गरिदिन आग्रह गरे ।

प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्