
कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना र राष्ट्रिय खेलकुद परिषद (राखेप)को समन्वयमा फागुन ९ देखि १३ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।
निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम र पश्चिमाञ्चलबीच हुने उनले बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्र प्रहरी बलको एपीएफ गरी ६ टिमको सहभागिता रहेको छ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेता टिमले नगद ५ लाखसहित ट्रफी र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
नेपाल सरकारको वार्षिक ‘क्यालेन्डर’अनुसार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको जिम्मेवारी कैलाली जिल्ला खेलकुद विकास समितिले पाएको हो ।
प्रतियोगिता आयोजनामा करिब ३८ लाख ६३ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितालाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्