Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


युथ-१९ गर्ल्स बास्केटबलमा कीर्तिपुर क्राउन्सको अग्रता

कीर्तिपुर र लेट्स गो भने अपराजित

0
Shares

काठमाडौं । काठमाडौंमा जारी युथ-१९ गर्ल्स बास्केटबल प्रतियोगितामा कीर्तिपुर क्राउन्सले अग्रता लिएको छ।

८ टोली सहभागी प्रतियोगिताको पाँचौ चरणको खेल सकिंदा कीर्तिपुरले सबै पाँच खेल जितेको हाे । उसले कूल २ सय ६९ अंक जोड्दा १ सय ४६ अंक व्यहोरेको छ । दोस्रो स्थानमा रहेको आयोजक लेट्स गो बास्केटबल एकेडेमीले पनि सबै पाँच खेल जितेको हाे । अंक भिन्नताको आधारमा एकेडेमी तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।

मंगलबार भएको खेलमा लेट्स गो बास्केटबल एकेडेमीले रिम रनर्स एकेडेमीलाई ४१-३१ ले पराजित गरेकाे हाे। त्यस्तै, आई.एस.ए नेपालले जेभिएर एकेडेमीलाई ४०-२२ ले पराजित गर्दा बलर्स एकेडेमीले येचु एकेडेमीमाथ ४०-२५ को जित निकाल्यो ।

लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ।