
बुधबार काठमाडौंमा भएको अक्सनमा ६ टोलीका लागि ७२ खेलाडीको भाउ लागेको छ ।
सबैभन्दा बढी भाउमा बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन डेढ लाख रुपैयाँमा बिक्री भएका छन् ।
बसन्तलाई विराटनगर किंग्सले, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड्सले र सागरलाई रुपेन्दही च्यालेन्जर्सले किनेका हुन् ।
त्यसैगरी, पृथु बास्कोटा र नरेश बुढाऐरलाई समान एक लाख २० हजारमा क्रमशः विराटनगर र काठमाडौं गोल्डेन्सले किनेका छन् ।
रोहितकुमार पौडेल र अनिल शाह समान एक लाख रुपैयाँमा बिक्री भएका छन् ।
अक्सनमा हालै नामिबियामा भएको विश्व क्रिकेट लिग डिजिभन–२ मा राम्रो प्रदर्शन गरेका खेलाडीहरुमा बढी बोली लागेको हो ।
प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पाउनेछन् ।
गत वर्षको पहिलो संस्करणको विजेताले १५ लाख पाएको थियो । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ले १० हजार तथा ‘म्यान अफ दी सिरिज’ले १८० सीसीको मोटरसाइकल पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्