काठमाडौं, वैशाख १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई २–१ ले पराजित गरेको छ । म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन पउल पोग्बा र मराउने फेलियानीले एक–एक गोल गरे । पराजित टोली आर्सनलका हेनरिक मख्तरियानले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट…