म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीको जित • Image Khabar Image Khabar


म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीको जित


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०७:४२

म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीको जित

काठमाडौं, वैशाख १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई २–१ ले पराजित गरेको छ ।

म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन पउल पोग्बा र मराउने फेलियानीले एक–एक गोल गरे । पराजित टोली आर्सनलका हेनरिक मख्तरियानले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले हराएको छ । वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन लेरोए साने, ग्याब्रिएल जिसस र फर्नान्डिनोले एक–एक गोल गरे ।

वेष्ट ह्यामका पाब्लो जाबालेटाले एक आत्मघाती गोल गरेका थिए । पराजित टोली वेष्ट ह्यामका लागि भने आरोन क्रेशवेलले एक सान्त्वना गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा च्याम्पियन म्यान्चेस्टर सिटीले ३५ खेलबाट ९३ अंक जोडेको छ । समान खेलबाट ७७ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपूल ७२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको टोटनह्याम हट्सपरले ३४ खेलबाट ६८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्