
प्रकाश नेपाल/ईमेज:
इलाम, बैशाख १५ । थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इलामको ठूँलो टुँडिखेलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल काठमाडौंलाई २-० ले हराउँदै थ्रीस्टारले फाइनलको यात्रा तय गरेको हो ।
फाइनल प्रबेशका लागि थ्रीस्टारका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडि बिमल घर्ती मगरले गोलको खाता खोलेका थिए ।
दोस्रो गोल खेलको ९० औं मिनटमा विमल घर्ती मगरको लामो पासलाई सदुपयोग गर्दै मार्टिनले डिबक्स एरिया नजिकैबाट सही दिशा दिलाउँदै जाली चुमाएर निर्णायक गोल गरे ।
आजको खेलको म्यान अफ दि म्याच विमल घर्ती मगर घोषित भए । उनले नगद १० हजार नगद सहित चाँदीको म्याडल प्राप्त गरेका छन् ।
विजयी टिम थ्रीस्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लव सोमबार उपाधीका लागि भिड्ने आयोजक माईभ्याली क्लबले जनाएको छ ।
वैशाख १७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्