
पोखरा, वैशाख १६ । आगामी जेठ २० गते अन्नपूर्ण दिवस पारेर अन्नपूर्ण म्याराथन आयोजना गरिने भएको छ ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिले दिएको जानकारी अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन दौड गरिने छ ।
४ हजार १३० मिटर उचाईको आधार शिविरबाट शुरु हुने दौड घान्द्रुक पुगेर समापन हुने समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
उक्त दौडका लागि प्राविधिक अध्ययन भईसकेको र खेलाडीहरुको सम्पूर्ण खर्च पनि स्थानीय आयोजकले नै व्यहोर्ने जनाईएको छ ।
म्याराथनसँगै अन्नपूर्ण गाउँपालिका अन्तरवडास्तरीय भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता र क्लबस्तरीय पुरुष बास्केटबल प्रतियोगितासमेत आयोजना गरिने छ ।
म्याराथनका विजेता धावकले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्