काठमाडौं, साउन १३ । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसँग माग गरेको छ । घोषणापत्रबारे दक्षिण एशियास्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको जानकारी दिँदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायको ध्यानाकर्षणसमेत गराएको छ…