काठमाडौं, साउन १२ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्णबदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो । शनिबार दिउँसो देशभर समान्यदेखि पूर्णबदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको…