२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


भत्ता लिन गएका आमाछोरालाई ट्रकले दियो ठक्कर, छोराको ज्यान गयो, आमा घाइते


0
Shares

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका, २ पिपरामा शुक्रबार ट्रकले साईकललाई ठक्कर दिदा ४१ वर्षिय राजेश रानाको मृत्यु गएको हो ।

राजेशलाई उपचारका लागी जिल्ला अस्पताल, तौलिहवा लैजांदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पूर्वबाट परिश्चम तर्फ गईरहेको लु २ ख ८५९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिएको हो ।

यस्तै सोही साइकलमा सवार ६० वर्षिय लक्ष्मी राना घाईते भएकी छिन् ।

उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक चन्द्र केसीले बताए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घाइते लक्ष्मी र मृतक राजेश आमा छोरा रहेको खुल्न आएको छ ।

उनीहरु दुबैजना वृद्धा र अपाङग भत्ता लिन वडा कार्यालयमा जादै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ