२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


जलवीरेमा खसेको पहिरो पन्छाएपछि सडक सन्चालनमा


0
Shares

चितवन, साउन ११ । नारायणगढ–मुग्लिन सडकखन्डको जलवीरेमा शुक्रबार दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सन्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार पहिरो पन्छाएपछि साँझ ५ः५ बजेबाट सडक सन्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–६, जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

ढकालकाअनुसार दुईतिरबाट दुईओटा डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।

पहिरो पन्छाइएसँगै रोकिएका सवारी–साधन सन्चालनमा आएका छन् । पानी पर्न रोकिएसँगै पहिरो पन्छाउन सहज बनेको उनले बताए ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय–समयमा पहिरो जाने समस्या देखिएको छ । रासस