२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


समाजसेवी शाहलाई सेवा पुरस्कार


0
Shares

काठमाडौं, साउन ११ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले समाजसेवी श्रीजंग शाहलाई ‘सेवा पुरस्कार नेपाल २०७५’ बाट सम्मानित गरेको छ ।

बद्रीविक्रम थापाको ९६औं जन्मजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शाहलाई अर्थविद् हिमालयनशमशेर राणाले ५१ हजार रुपैयाँ राशीसहित सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व शाहले कान्तिपथमा रहेको आफ्नो घरजग्गा नेपालगन्जमा अवस्थित फत्तेबाल आँखा अस्पतालालाई दान गरेका थिए ।

कार्यक्रममा बद्रीविक्रम चरित्र निर्माण पुरस्कारबाट काठमाडौं, थलीस्थित हिन्दु विद्यापीठका विद्यार्थी तीर्थमान तामाङलाई १० हजार रुपैयाँसहित सम्मानित गरियो ।

कार्यक्रममा सेवा नेपाल २०७५ र सम्झना र श्रृजनामा मनु ब्राजाकी नामक पुस्तकको लोकार्पण पनि गरिएको थियो ।