
भक्तपुर, साउन ११ । एसओएस बालग्रामको २६औं साधारणसभा शुक्रबार सानोठिमी, भक्तपुरमा सम्पन्न भएको छ ।
सभामा नेपालभरका १० ओटा बालग्रामको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिकका साथै आगामी वर्षको अनुमानित आयव्यय सार्वजनिक गरिएको थियो ।
अभिभावकविहीन बालबालिकाका लागि निःशुल्क अध्ययनको व्यवस्था रहेको बालग्राममा हालसम्म १३ सय १५ बालबालिकाले अध्ययन पूरा गरी आ–आफ्नो पेसा, व्यवसाय गरेर बसेका छन् ।
त्यस्तै, देशभरका बालग्राममा हाल १९०९ अभिभावकविहीन बालबालिका अध्ययन गरिरहेको उक्त संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्