२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण नेपालसहित विश्वका धेरै देशबाट देखियो


0
Shares

काठमाडौं । यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण गएराति नेपालसहित विश्वका धेरै देशबाट अवलोकन गरिएको छ ।

गएराति लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार २१ औं शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो ।

१ बजेर १५ मिनेटदेखि १ घण्टा ४३ मिनेटसम्म अर्थात् २ बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखिएको थियो ।

त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो ।

चन्द्रग्रहण सुरु भएपछि पहिले कालो हुँदै बिस्तारै रातो भएको थियो । त्यसैले यसलाई ‘ब्लड मून’ पनि भनिन्छ ।

नासाले यो २१ औँ शताब्दीकै लामो चन्द्रगहण ३ घण्टा ५५ मिनेटको भएको जनाएको छ ।