२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सन्चारमन्त्रीले पत्रकारलाई भने–‘पेसागत लक्ष्मणरेखाको मर्यादामा रहेर काम गर्नोस्’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन १२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत लक्ष्मणरेखाको मर्यादामा रहेर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको भवनको शनिबार पोखरामा निरीक्षण एवं भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकारिताको विकास, सम्बद्र्धन, पेसागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन, कानुन निर्माणको तयारी गरिएको बताए ।

उनले अनलाइनका लागि पनि कानुनी प्रावधान ल्याउन लागिएको बताए । अनलाइनलाई कानुनी बन्दोबस्त गर्न खोज्दा आफू आलोचित पनि हुनसक्ने उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले डा. गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता जनाएका सम्पादकको भेटघाट विधिसम्मत् नरहेको जिकिर गरे ।

सन्चारमाध्यम संरक्षणभन्दा पनि प्रतिस्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै मन्त्री बाँस्कोटाले संरक्षणका लागि लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको बताए ।

श्रमजीवी पत्रकारको हकहीतमा सरकार प्रतिबद्ध रहेको बताउँदै उनले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गरे ।

समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उनले आमसन्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिन लागेको बताए ।

उनले सरकार पत्रकारको पेसागत सुरक्षाका लागि तत्पर रहेको पनि बताए ।