प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, साउन १४ । पछिल्लो समय इतिहास विषयप्रति विद्यार्थीको अभिरुचि घट्दै गएको छ । कुनै समय ठूलो संख्यामा इतिहास विषय पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जाने विद्यार्थीको संख्या अहिले ह्वात्तै घटेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इतिहास केन्द्रीय विभागमा दुई वर्षदेखि विद्यार्थी नै भर्ना भएका छैनन् । केन्द्रीय विभागमा विद्यार्थी नआउँदा १० जना…