
सुसन सर्जन रामदाम/रक्षा बज्राचार्य (ईमेज)
काठमाडौ । सडकपेटीलाई जिविकोपार्जनको माध्यम बनाएर जिउनेहरु राजधानीमा प्रशस्त रहेका छन् ।
कतिपयले सडकछेउमै मजदुरी गरेर जिन्दगीका सपनाहरु बुन्ने गर्दछन् । त्यस्तै मध्येका एक हुन्– सर्लाहीका केवल चमार ।
उनले जुत्ता सिलाएरै पाँच जनाको परिवार मात्र पालेका छैनन् छोरालाई कम्प्युटर इन्जिनियर बनाउने सपनासमेत पुरा गरेका छन् ।
काठमाडौं सामाखुशीको व्यस्त सडक, सवारी साधानको कानै खाने आवाज, छाताले ढाकेको सानो जुत्ता बनाउने छेउैमा गाडीले वेस्सरी धुवाको मुस्लो उडाएर जान्छ ।
तर विगत १२ वर्ष देखि सामाखुशीको चोकमा जुत्ता सिलाउँदै आएका सर्लाहीका केवल चमारलाई न चर्को हर्नको प्रवाह छ न धुवाधुलोको नै ।
उनलाई केवल प्रवाह छ त कसरी ग्राहकको जुत्ता टल्काउने अनि परिवारको भविष्य बनाउने ।
सर्लाही वसन्तपुरमा २०५० सालको वाढी लागेपछि जिवन धान्न काठमाडौं सोझिएका चमारले जुत्ता सिउने पेशा गरेको २५ वर्ष भइसकेको छ ।
उमेरले ४७ वर्ष पुगेका उनले १३ वर्ष हाँडिगाँउमा जुत्ता सिलाए भने १२ वर्ष देखि सामाखुशी चोकमा जुत्ता सिलाउँदै आएका छन् ।
जुत्ता सिलाएरै पढाएर उनले छोरालाई कम्प्युटर इन्जीनियर बनाउन पाउँदा जिवनमा निकै खुशी लागेको सुनाए ।
मेहनेती र पौरखी केवल चमार व्यक्तिगत खानपान र आनीवानीमा पनि निकै सजग रहेका छन् ।
साथीभाईले दिनभरी मजदुरी गर्ने तर वेलुकी भट्टीतिर गएर पैसा रित्ताएको देख्दा उनी निकै चिन्तित हुन्छन् ।
दलित समुदायका चमार रामभक्त भएकै कारण जीवनमा कहिले पनि मदिरा र मासुजन्यवस्तुको कल्पना नगरेको बताउछन ।
जुत्ता सिलाउने मात्र होइन देश र समाजको विषयप्रति पनि उनी उत्तिकै चनाखो छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो प्रतिनिधिलाई विजय गराउन सर्लाही भोट हाल्न गएका चमारले नेताहरुले आवश्वासन दिने तर सिन्को भाच्ने काम नगरेको भन्दै चिन्तीत बने । मुलुकमा दलाली र मंहगी बढेर आफुजस्तालाई बाँच्न सास्ती भएको उनको भनाई छ ।
काठमाडौमा मजदुरी गर्नेहरुको सपना सडकमै बन्ने गर्दछ भने कतिपयको सडकमै भत्ताभुंग हुने गर्दछ ।
केवल चमार ति भाग्यमानी बुबा हुन् जसले सडकमै जुत्ता सिलाएर परिवारको भविश्य सुरक्षित गरिहेका छन् ।
प्रतिक्रिया दिनुहोस्