१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


त्रिविद्वारा वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिकमा वृद्धि


0
Shares

काठमाडौं, साउन १४ । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सन्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ ।

केन्द्रीय परीक्षा सन्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषदको बैठकले पारिश्रमिकमा ९ वर्षपछि संशोधन गरेको हो ।

संशोधित पारिश्रमिक साउन ६ गतेदेखि सन्चालन भएको चारवर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको त्रिविवि सूचना तथा जनसम्पर्क महाशाखाले सोमबार विज्ञप्तिमार्फत् जनाएको छ ।

अब स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा केन्द्राध्यक्षको पारिश्रमिक रु ८०० पुर्‍याइएको छ । यसअधि, रु ४५० रहेको थियो ।

सहायक केन्द्राध्यक्ष, निरीक्षकको दोब्बर अर्थात् क्रमशः रु ३०० बाट रु ६०० तथा २५० बाट ५०० पुर्‍याइएको छ ।

कम्तीमा २१ जना विद्यार्थी बराबर एकजना निरीक्षकको व्यवस्था हुने संशोधन गरिएको छ ।

त्यस्तै, परीक्षा शाखामा कार्यरत् कर्मचारीको पारिश्रमिक रु १०० बाट वृृद्धि गरी २००, सुरक्षाकर्मीका लागि रु ६० बाट रु १००, कार्यालय सहयोगीको रु ७५ बाट वृद्धि गरी रु १५० कायम भएको महाशाखाले जनाएको छ ।

यसैगरी, स्नातकोत्तर तहको परीक्षा केन्द्र सन्चालनका केन्द्राध्यक्षको रु ६०० बाट रु एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको रु ४०० बाट रु ८००, निरीक्षकको रु ३०० बाट ६०० कायम गरिएको छ ।

यसमा पनि २१ जना विद्यार्थी बराबर एकजना निरीक्षण रहने व्यवस्था छ ।

परीक्षा सन्चालनमा संलग्न कर्मचारीको रु १२५ बाट रु २५०, सुरक्षाकर्मीको रु ६० बाट १००, कार्यालय सहयोगीको रु ८० बाट १६० पारिश्रमिक कायम गरिएको महाशाखाले जनाएको छ ।

पारिश्रमिक वार्षिक प्रणालीअनुसारको परीक्षामामात्र लागू हुनेछ । रासस