२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


माइक्रोेबस र ट्रक ठोक्किँदा युवतीको मृत्यु, १५ जना घाइते


0
Shares

तनहुँ, साउन १४ । माइक्रोेबस र ट्रक एकापसमा ठोक्किँदा सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्री घाइते भएका छन् ।

दुर्घटनामा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारकाक्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको बा२ख ११३८ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडकअन्तर्गत् व्यास नगरपालिका वडा नम्बर–१२, छिर्कनेमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीनजनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस