१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु


0
Shares

पर्वत ।  पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।

स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो ।

उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए ।

बिदाको समयमा घरमा बसेका उनी आफँ खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

उनको राजधानीमा दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ । रासस