
काठमाडौं, साउन ११ । डा. गोविन्द केसीसँग गरिएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गर्दै सरकारलाई दबाब दिन सुरु गरिएको छ ।
नागरिक समाजका अगुवाहरुले डा. केसीका माग सम्बोधन हुनेगरी भएको ९ बुँदे सम्झौताको स्वागत गर्दै कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सुरु गरेका छन् ।
शनिबार काठमाडौंको माइतीघरमन्डलामा जम्मा भएका केसीका समर्थकहरुले डा. केसीका माग सम्बोधन गर्न साथ दिने सबैप्रति पनि आभार व्यक्त गरे ।
उनीहरुले डा. केसीसँगको सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ नहुने विश्वास व्यक्त गरेका थिए ।
सरकारले गत बिहीबार डा. केसीसँग ९ बुँदे सम्झौता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको छ ।
सो सम्झौतापछि सरकारले शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्