
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पहिरोले अबरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहान ७ बजेदेखि सडक अबरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पोखरालगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्गको यो सडक खण्डमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्