कन्चनपुर, असोज ३१ । कन्चनपुर, शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनिमा मंगलबार राति दुई दर्जनभन्दा बढीको संख्यामा आएको हात्तीको झुन्डले ६ जना किसानको एक विगाहभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुन्डले ‘थ्रेसिङ’ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो । इलाका प्रहरी कार्यालय झलारीकाअनुसार…