१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


चितवनमा भ्यान र ट्यांकर ठोक्कियो, तीनजनाको मृत्यु, चार घाइते


0
Shares

राजु चौधरी (इमेज)

अपडेटः

चितवन, असोज ३१ । चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, कुरिनटार, केबलकारनजिक सो दुर्घटना भएको हो ।

पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ गइरहेको दूध बोक्ने बा१घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

दिउँसो १२ः४० बजेतिर सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धादिङ, कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपाली, धादिङ, बैरेनी–६ बस्ने ४ वर्षीय बालक रोशन गैरे र धादिङकै भुवन श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनीहरुको शव भरतपुर ल्याइएको छ ।

दुर्घटनामा परी चारजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा धादिङ, बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही ठाउँका सन्दीप मल्ल, ट्यांकर चालक सुन्दर खड्का र विनोद धामी रहेका छन् ।

गम्भीर घाइते रहेका रोक्काको गजुरी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं ‘रेफर’ गरिएको छ ।

गम्भीर अवस्थामै रहेका ट्यांकर चालक खड्काको भरतपुरको मनकामना अस्पताल तथा धामी र मल्लको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।