Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रेस स्वतन्त्रताको माग गर्दै नवलपुरका पत्रकार धर्नामा


0
Shares

बिबेक भण्डारी, नवलपुर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र पत्रकारितामाथिको हस्तक्षेप रोक्न माग गर्दै नवलपुरका पत्रकारहरूले धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलनअन्तर्गत बुधबार महासंघ नवलपुर शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरेको हो ।

शाखा अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरू सहभागी भएका थिए ।

पत्रकारहरूले सञ्चार क्षेत्रमाथि हुने हस्तक्षेप अन्त्य गर्न, पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।

महासंघको केन्द्रीय कार्यक्रमअनुसार देशभरका जिल्ला शाखाहरूले पनि आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।