काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन पनि सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ८.५ अंकले बढेर २ हजार ६४७ विन्दुमा पुगेको छ ।
दिनभर उतारचढाव देखिएको बजारमा होटल, उत्पादनमूलक र लघुवित्त समूहबाहेक अन्य सबै समूहको सूचक बढेको छ । विकास बैंक र जलविद्युत् समूहमा करिब १ प्रतिशतको वृद्धि हुँदा बाँकी समूहमा सामान्य सुधार देखिएको हो ।
बजार बढेसँगै कारोबार रकम पनि ६ अर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभर ३५६ कम्पनीका १ करोड ६५ लाख कित्ता शेयर ६ अर्ब १५ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये १७० वटाको शेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ११ प्रतिशत नाफा कमाएका छन् । कारोबार रकमका आधारमा भने हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ३५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।






प्रतिक्रिया दिनुहोस्