१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


डडेल्धुराको उग्रतारा मन्दिरमा दर्शनार्थीको घुईंचो


0
Shares

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठमध्ये डडेल्धुराको उग्रतारा मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

हरेक वर्ष बडादसैंको महाअष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडि जिल्लाका साथै तराईका जिल्लाबाट पनि यो मन्दिरमा आउने गर्दछन् ।

किम्वदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी प्रकट भएको र दर्शन दिएपछि विधिवत रुपमा त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजाआजा गर्दै आएको स्थानीयको भनाई छ ।

उग्रतारा मन्दिरमा महाअष्टमीका दिन असत्यमाथिको विजय उत्सव र लोककल्याणका लागि देवीदुर्गा महाकालीले राक्षसरुपी महिषासुरको उग्र रुपमा प्रकट भई बध गरेकाले रांगाको बली दिने चलन रही आएको छ ।