८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


प्रहरीको निःशुल्क बस सेवा आजदेखि


0
Shares

काठमाडौं, असोज ३१ । दसैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सन्चालन गरेको छ ।

उक्त बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सन्चालन हुने प्रहरीले जनाएको छ ।

बस सेवा उपत्यकाका तीनओटा रुटमा सन्चालन हुनेछन् ।

दसैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रीको सहजताका लागि निःशुल्क बस सेवा सन्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाइएको छ ।

प्रहरीकाअनुसार पहिलो रुटको बस कलंकीबाट एकान्तकुना, पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्कसम्म चल्नेछ ।

यो बसले रत्नपार्कबाट त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै सोही रुटमा पुनः परिक्रमा गर्नेछ ।

यसैगरी, दोस्रो रुटको बस कोटेश्वरबाट सहिदगेट हुँदै महाराजगन्ज नारायणगोपाल चोक, गौशाला हुँदै मैतीदेवी परिक्रमा गरी सोही रुटमा फर्कनेछ ।

त्यस्तै, नयाँ बसपार्कबाट चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ ।

चक्रपथको बाहिरी र भित्र दुवै स्थानका सर्वसाधारणका लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस