
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा युवा समाजसेवी डम्बर खड्काले इलाम नगरपालिका– ४ कागतेपानीमा नवनिर्मित शिव मन्दिरलाई मुर्ति दान गरेका छन् ।
जिल्लाका निर्मित विभिन्न मन्दिरहरुलाई मुर्ति दान अभियानमा जुटेका खड्काले मंगलबार मन्दिर परिसरम पुगेर २० केजी बराबरको ओमकारेश्वर पञ्चायानको मूर्ति मन्दिर निर्माण समितिका अध्यक्ष केशब ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।
खड्काले यसअघि माइभगवती बृद्धाआश्रममा रहेको मन्दिर तथा माइजोगमाइ गाउँपालिका–१ मा रहेको बालागुरु शिवालयधामका लागि १ थान १९ केजीको धातुको मुर्ति प्रदान गरिसकेका छन् ।
कांग्रेसको सक्रिय राजनीतिसँगै समाजसेवामा जुटेका खड्काले फुलपातीका अवसरमा इलाम नगरपालिका १ मा आयोजित फुटबल प्रतियोगिताका लागि पनि २५ हजार रुपैंयाँ नगद प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्