८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


सुनसान देखिँदै काठमाडौंका सडक (भिडियो)


0
Shares

शंकर खनाल/भरत केसी/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असोज ३१ । सधैंजसो जाम हुने काठमाडौंका सडक सुनसान देखिन थालेका छन् ।

काठमाडौंबाट बडादसैं मनाउन गाउँ फर्कनेहरुको संख्या बढेपछि काठमाडौंका सडक सुनसान देखिन थालेका हुन् ।

यातायातको चापले हैरान हुने पैदलयात्रीले दसैंसँगै केही राहत महसुस गरेका छन् ।

काठमाडौंबाट दसैं मनाउन आ–आफ्नो गाउँ फर्कनेहरुको संख्या बढेपछि काठमाडौंमा यातायातको चाप पनि घटेको हो ।

सधैंजसो यातायातको चाप हुने काठमाडौंका कंलकी, कोटेश्वर, चाबहिल, नयाँबसपार्क क्षेत्रसहित काठमाडौंका भित्री सडकसमेत सुनसानजस्तै देखिन थालेका छन् ।

यातायातको अत्यधिक चाप हुने नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर, जमललगातका क्षेत्रमा पनि यातायातको चाप घटेको छ ।

काठमाडौंका सडक सुनसान र यातयातको चाप घटेपछि पैदलयात्री र चालकहरुलेसमेत राहत महसुस गरेका छन् ।

पैदलयात्रीलाईमात्र होइन, ट्राफिक प्रहरीलाईसमेत सहज भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले यो वर्ष दसैं मनाउन काठमाडौंबाट अहिलेसम्म २५ लाखभन्दा बढी बाहिरिइसकेको जनाएको छ ।

यातायात व्यवस्था विभागले गत वर्ष दसैं मनाउन गाउँ फर्कनेको संख्या २४ लाख पुगेको र यस वर्ष अझै बढ्ने जनाएको छ ।

सर्वसाधारणलाई दसैंमा घर फर्कन सहज होस् भनेर विभागले मुुलुकभर रुट परमिट खुला गर्दा यसपटक धेरैलाई घर जान सहज भएको छ ।

यात्रीको सहजताका साथ ट्राफिक व्यवस्थापनमा कडाइ गरिएकाले थप सहज भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं मनाउन घर फर्कनेहरुको सहजताका लागि प्रहरीले ठाउँठाउँमा सहायताकक्षसमेत स्थापना गरेको छ ।

भिडियो हेर्नुहोस्