काठमाडौं, फागुन १७ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा गएराती साँढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएपछि बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा लगिएको हो । राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष…