काठमाडौं । नेपालले भारत र पाकिस्तानबीच बढ्दो उत्पन्न समस्याको समाधान वार्ता र शान्तिपूर्ण माध्यमद्वारा खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा गत फागुन २ गते कश्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई लिएर नेपाल सरकार चिन्तित रहेको उल्लेख छ । पुलवामा आक्रमणलाई घृणित कार्य भन्दै परराष्ट्रले उक्त आक्रमणको निन्दा…