
–चन्द्रकला भण्डारी(रासस)
भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म तीन शव फेला परेको छ ।
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताइन ।
उनले दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको र अरु विवरण आउन बाँकी रहेको जानकारी दिइन ।
शव डढेका कारण पहिचान हुन सकेको छैन । दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे गएको थियो ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । हेलिकप्टरमा युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ र अर्जुन घिमिरे चढ्नुभएको बताइएको छ । चालक प्रभाकर केसी थिए ।
प्रतिक्रिया दिनुहोस्