२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना स्थलतर्फ उद्दार टोली परिचालन


0
Shares

काठमाडौं । ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएपछि उद्दारका लागि टोली परिचालन गरिएको छ ।

उद्दारका लागि काठमाडौंबाट नेपाल आर्मीको दुईवटा हेलिकोप्टर र एयर डाइनेस्टीको परिचालन गरिएको छ ।

उता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(सिडिओ)अनुज भन्डारीसहितको टोली पनि घटना स्थलतर्फ गइरहेको जानकारी प्राप्त भएको छ । सदरमुकाम फुङलिङबाट घटनस्थल पुग्न करिब दुई घन्टा लाग्ने बताइएको छ ।

हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारी,पायलट प्रभाकर केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा र अर्जुनकुमार घिमिरे सवार थिए ।

पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर माथिल्लो फेदी नजिकको भीरमा  दुर्घटनाग्रस्त भएको हो ।

एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।