
धनकुटा, फागुन १५ । सडक दुर्घटना न्यूनीकरण गर्न धनकुटाका विभिन्न सडकमा कन्भेक्स ऐना राख्न सुरु गरिएको छ ।
सडकका घुम्तीमा यातायातका साधन नदेखिँदा एक आपसमा ठोक्किएर हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा सडक विभागले कन्भेक्स ऐना राख्न सुरु गरेको हो ।
पहिलो चरणमा धनकुटाको गुठिटारदेखि निगालेसम्मको १२ किलोमिटर क्षेत्रका अति संवेदनशील पाँच ठाउँमा यस्ता ऐना राखिएको छ । यो ऐनाको प्रभावकारिता हेरेर भेँडेटारदेखि चित्रेसम्मका ३० भन्दा बढी स्थानमा राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्