२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


नेपाली मौलिक संस्कृति मासिँदै गएकोमा विदेशीको चिन्ता


0
Shares

तुलमान गुरुङ 

चितवन, फागुन १५ । नेपाली मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको दबदबा बढ्दै गएको छ । विशेष गरी नयाँ पुस्ता उदासिन देखिँदा नेपालको मौलिक संस्कृतिको पहिचान गुम्ने खतरा बढेको छ । बरु विदेशीले नै नेपाली संस्कृतिको महत्व उजागर गरिदिनुपर्ने अवस्था आएको छ ।

भूगोलको रुपमा केही सानो देखिए पनि नेपालको कला र संस्कृति भने विराट छ । पश्चिमा संस्कृतिको अन्धानुकरणले कतिपय विकृति र बेथितिहरु भित्रिरहेका छन् भने हाम्रो संस्कृति भित्रका कैयाँै सकारात्मक पक्ष पनि लोप हुन थालेका छन् ।

इस्कोन नेपाल नामक गैरसरकारी संस्थाले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा महारात्रि कार्यक्रम आयोजना ग¥यो । जसमा विभिन्न सांगितिक माध्यमबाट वैदिक संस्कृतिको प्रस्तुतिबाट महाभारत, रामायण, भागवत गीता, श्रीमदभागवतम्, महापुराण आदि शास्त्रसम्बन्धी नृत्य, गायन तथा नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका लागि रसिया, अमेरिका, जर्मनी, भारत, युक्रेन, बङ्गलादेश, अष्ट्रेलिया लगायतका १० वटा मुलुकबाट ३० जना कलाकार आएका थिए । नेपाली संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ थियो । नेपालको लागि इस्कोनको रिजनल सेक्रेटरी प्रोफेसर डा.इगोर ओब्लङ्कोभले नेपालमा विद्यालय शिक्षाबाट संस्कृत विषय हटाएकोमा दुःख लागेको धारणा राखे ।

सोही अवसरमा प्रदेश नं. ३ की सांसद रीना गुरूङले नेपालको सबै शैक्षिक संस्थाले भगवत् गीतालाई अनिवार्य बनाउनुपर्ने बताउँदै धर्मपरिवर्तन गराउनेलाई कारबाही गर्नुपर्ने भनाइ राखिन् ।