
ताप्लेजुङ । ताप्लेजुङबाट काठमाडौं आउंदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ ।
ताप्लेजुङको पाथिभराबाट काठमाडौं आउँदै गर्दा पाथीभरा भन्दा मन्दिर भन्दा डेढ किलोमिटर पर हेलिकोप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मन्त्री अधिकारी, पाइलट प्रभारक केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा, अर्जुनकुमार घिमिरे र वीरेन्द्र भोछिभोयाको निधन भएको हो ।
युवराज दाहाल पर्यटनमन्त्रालयका उपसचिव हुन् भने अर्जुन घिमिरे मन्त्री घिमिरेका सुरक्षा गार्ड हुन् । बीरेन्द्र श्रेष्ठ नागरिक उडड्यन प्राधिकरणका निर्देशक हुन ।
नाइन एन ए.एम.आई (अल्फा माइक इन्डिया) कल साइनको उक्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौंबाट ताप्लेजुङ गएको थियो ।
ताप्लेजुङबाट गएको प्रहरीसहितको टोली घटनास्थल पुगिसकेको छ भने काठमाडौंबाट नेपाली सेनाका दुईवटा र एयर डाइनेस्टीको एउटा हेलिकोप्टर पनि त्यसतर्फ गएका छन् ।
प्रतिक्रिया दिनुहोस्