२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


मन्त्री अधिकारीसहित सातैजनाको शव पोस्टमार्टम हुँदै


0
Shares

काठमाडौं, फागुन १६ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

बिहीबार दिउँसो शव काठमाडौं ल्याइ पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको हो ।

पोस्टमार्टमपछि अधिकारीको शव काठमाडौंको टुँडिखेलमा श्रद्धान्जलिका लागि राखिनेछ ।

उनको शव बिहीबारै साँझ पोखरा लगिनेछ ।

अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुने जनाइएको छ ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली गएको थियो ।

सो कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी काठमाडौं फर्कनेक्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी,यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।