२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


सातवटै शब बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौंतर्फ


0
Shares

ताप्लेजुङ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइँदैछ ।

बिहीबार मध्यान्न १२ बजेतिर नेपाली सेनाको हेलिकप्टर सातवटै शव लिएर काठमाडौंतर्फ उढेको हो ।

यसअघि दुर्घटनास्थलबाट चारवटा शव बुधबार बेलुकी र तीनवटा शव बिहीबार विहान सुकेटार विमानस्थल ल्याइएको हो ।

मौसम खराव भएपछि हिजो सबैको शव संकलन गर्न सकिएको थिएन । सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ ।

बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।