
ताप्लेजुङ, फागुन १६ । बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनाले सिंगो देश स्तब्ध बन्यो ।
हेलिकोप्टरमा सवार सबैको निधन भयो भने ज्यादै कठीन भौगोलिक अवस्थाका कारण सबै शव संकलन गरेर सुरक्षित स्थलमा पुर्याउनपनि बुधबार सम्भव भएन ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट गएका सुरक्षाकर्मीले दारेभीर आसपासमा छरिएका शवहरु संकलन गरेर पोको त पारे तर चारओटा शव ‘एअरलिफ्ट’ गरी सुकेटार विमानस्थल पुर्याएपछि साँझ पर्यो ।
तीनओटा शव पठाउन नसकिएपछि सुरक्षाकर्मीहरु सोही स्थानमा बस्न बाध्य भए ।
नेपाल प्रहरीका डीएसपी सञ्जयसिंह थापाको नेतृत्वमा नेपाल प्रहरी र नेपाली सेनाका ३१ जना सुरक्षाकर्मी रातभर शव कुरेर बसे ।
रातभर परेको हिउँको कहर सहँदै उनीहरुले निगालोको झ्याङमुनि रात बिताएका थिए ।
बिहीबार बिहान मौसम खुलेको मौका छोपेर बाँकी शवहरु हेलिकोप्टरमा झुन्ड्याएर सुकेटार विमास्थल पुर्याइएको थियो भने केही सुरक्षाकर्मी पनि शवभन्दामाथि झुन्डिएर विमानस्थल पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्