नवीनराज कुइँकेल लमजुङ, असोज २८ । लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरवारमा यशोव्रम्ह शाहको शालिक निर्माण गरिएको छ । सो शालिकको आइतबार प्रधानसेनापति पुर्णचन्द्र थापाले अनावरण गरे । लमजुङको गाउँशहरमै जन्मिएका प्रधानसेनापति थापाले आफ्नै पहलमा दरवार परिसरमा यशोव्रम्ह शाहको शालिक निर्माण गराएका हुन् । छाउनीस्थित सैनिक संग्रहालयमा कार्यरत हवल्दार माधव पौडेलले शालिक निर्माण गरेका…