ओखलढुंगा, भदौ १६ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् । आईतबार अपरान्ह साँढे ५ बजेको समयमा गाई पुर्याउन चिसंखुगढी गाउँपालिका–८ तर्फ हिँडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका हुन् । खोलाले बगाएको गाई घटनास्थलभन्दा करिव १०० मिटर तल सकुशल फेला परेको थियो भने…