काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माले सुर्खेत र खोटाङमा पशुहरुमाथि भएका क्रुर व्यवहार अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्ने खालको भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । डा.शर्माले घटनाको छानबिन गर्न समिति गठन गरिएको र घाइते पशुहरुको उपचार भैरहेको जानकारी…