नारायण ढुंगाना (रासस) काठमाडौं, भदौ १४ । सुर्खेतको वीरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारबाही गर्ने भएको छ । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्याजस्तो गम्भीर अपराधमा संलग्नलाई कानुनअनुसार हदैसम्मको कारबाही…