-विराज रोस्यारा/ईमेज कैलाली । कैलालीको भजनी नगरपालिकाका ४ वटा वडाका स्थानीय नदीमा पुल नहुँदा जोखिमयुक्त यात्रा गर्न बाध्य भएका छन् । कान्द्रा नदीमा पुल नबनेकाले डुंगामार्फत् ओहोरदोहोर गर्नुपर्ने भएकाले स्थानीयको दैनिक जीवन असहज बनेको हो । कैलालीको भजनी नगरपालिकाअन्तर्गतका थेकीपुर र करमदेव गाउँ नजिकैको कान्द्रा नदीमा २०६६ सालदेखि निर्माणाधीन पुल अझै पूरा हुन सकेको छैन…