६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


प्रधानमन्त्री ओलीको उपचार जारी, ‘प्लाज्मा फेरिसस’को प्रक्रिया ‘अर्को साता पूरा हुने’


0
Shares

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट उपचार जारी रहेको जनाइएको छ ।

सिंगापुरमा उपचाररत् प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पूरा हुने उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह बुधबार स्वदेश फर्किएकी छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

स्वास्थ्य उपचारका लागि यही भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको गएको शुक्रबारदेखि नेसनल युनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो ।