काठमाडौं, भदौ १३ । भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी ।
बाबु दिवंगत भइसकेका सन्तानहरुले यसदिन विभिन्न कुन्ड तथा तीर्थस्थलमा गइ पितृतर्पण गर्ने तथा पिताका नाममा ब्राह्मणलाई सीदादान गर्ने गरिन्छ ।
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यसदिन पितृतर्पण गर्नेहरुको भीड लाग्ने गरेको छ ।
टाढा–टाढादेखि दिवंगत पितृका नाममा तर्पण, सीदादान र श्राद्ध गर्न आउनेहरुको यहाँ ठूलो मेला लाग्छ ।
कुशे औंसीका अवसरमा शुक्रबार गोकर्णेश्वर मन्दिर परिसरमा आफ्ना दिवंगत पिताको सम्झना र शान्तिका लागि पूजा गरिँदैका बेलाको तस्वीर हेर्नोस् ।
प्रतिक्रिया दिनुहोस्