२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


अतिक्रमणमा परेका सयौं विगाह जग्गा खाली गराउन थालियो


0
Shares

सर्लाही, भदौ १५ । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाले बागमती नगरपालिकास्थित अतिक्रमणमा परेका सयौं विगाह जग्गा खाली गराउन शुरु गरेको छ ।

परियोजनाले जग्गा खाली गराएर वृक्षारोपण समेत सुरु गरेको छ । परियोजनाको बुढी बागमती खण्डमा अतिक्रमणमा परेको करिव ८ सय हेक्टर जमिन खाली गराई वृक्षारोपण गर्न थालिएको हो ।

बल प्रयोग गरि खाली गरिएको जमिनमा तारबार गरि वृक्षारोपण भइरहेको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले जानकारी दिए ।

यस्तै विभिन्न बहानामा अतिक्रमणमा परेको जमिनसमेत खाली गर्दै जाने परियोजनाले जनाएको छ । लामो समयदेखि वन अतिक्रमण गरेर बसेका स्थानीयले घर बनाउनुको साथै खाली जमिनमा खेतीसमेत गर्दै आएका थिए ।